२०७९ जेठ २ , सोमवार

तीन तहका निर्वाचनका लागि तयारी अवस्थामा रहन प्रधानमन्त्रीको निर्देशन

सुनाखरी न्युज/ काठमाडौँ —

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी एक वर्षभित्र तीनै तहका निर्वाचन गर्नुपर्ने भएकाले सबै निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

 

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले एक वर्षभित्र तीन तहका चुनाव गर्ने कार्यभार रहेको उल्लेख गरेका छन् । ‘तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व छ । निर्वाचनका सम्पूर्ण काम गर्नका लागि म सम्बन्धित सबैसँग अनुरोध गर्दछु ।’