२०७९ जेठ २ , सोमवार

साताको सेयर समीक्षा : कुन समूहका लागानीकर्ताले कमाए-कसले गुमाए ?

nepse high

सुनाखरी न्युज/ काठमाडौं – यो साता सेयर बजारको परिसूचक नेप्से ७४ अंकले बढेको छ । यो साता बजार बन्द हुँदा नेप्से २९३१ अंकमा अडिएको छ ।

 

अघिल्लो साता २८५७ अंकमा रहेर बन्द भएको थियो । समग्रमा यो साता नेप्सेको वृद्धिदर सुस्त रह्यो । साताको पहिलो दिन आइतबार परिसूचक ६९ अंक बढ्यो भने सोमबार २०‍.६४ अंकले थप उकालो लाग्यो । मंगलबार १०.७८ अंकले घटेको बजार बुधबार थप ३८.३५ अंक घट्यो । यद्यपि अन्तिम कारोबार हुने दिन बिहीबार ३३ अंकको वृद्धिपछि नेप्से २९३१ अंकमा पुगेको छ ।

 

 

आइतबार ९ अर्ब ६७ करोडको कारोबार भएकोमा सोमबार ७ अर्ब ९० करोडमा खुम्चियो । मंगलबार ८ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ६ अर्ब २ करोडमा सीमित भयो । बिहीबार झन् ५ अर्ब ७७ करोडमा खुम्चियो । उपसमूहगत रुपमा हेर्दा यो साता बैंकिङ उपसमूहको वृद्धिदर अरुभन्दा उच्च रह्यो । सो उपसमूह ३.५८ प्रतिशतले बढेको छ । अघिल्लो साताको अन्तिम दिन सो उपसमूह १८४३ अंकमा रहेकोमा यो साता १९०९ अंकमा पुगेको छ । यो साता व्यापार र माइक्रोफाइनान्स उपसमूह घटे ।

यो साता उपसमूहकाे उतारचढाव :

उपसमूह घटबढ प्रतिशत
बैंकिङ ३.५८
जीवन बीमा ३.१९
निर्जीवन बीमा २.२३
उत्पादन ३.३५
विकास बैंक १.९९
फाइनान्स ०.४६
जलविद्युत ३.३३
होटल १.३९
व्यापार (१.५९)
अन्य ३.३१
माइक्रोफाइनान्स (०.०५)