सुनाखरी न्युज/ काठमाडौं – पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोभिड १९ संक्रमित थपिएका छन् ।
२३ हजार ९२ जनाको नमूना परीक्षण गर्दा सो संक्रमण पुष्टि भएको हो । आज ३ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६३५ पुगेको छ । त्यस्तै आज ७६६ जना संक्रमणमुक्त भएका छन्, योसँगै नेपालमा कोभिड १९ का सक्रिय संकमितको संख्या ६५ हजार ३७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।