सुनाखरी न्युज/ काठमाडौं – नेपाली काँग्रेसको १६ जिल्ला अधिवेशन फेरि स्थगित भएको छ । यही माघ १५ गतेका लागि अधिवेशन गर्ने मिति तय भएको थियो।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ। कोरोना महामारीका कारण जिल्ला अधिवेशन स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ। भने कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत ६१ जिल्लाको अधिवेशन भने यसअगाडि नै गरिसकेको थियो।