२०७९ जेठ १३ , शुक्रवार

ब्रिटिश प्रोफेसनल कलेजकी रिया मानन्धरले ९८ प्रतिशतसहित गरिन् विश्व टप

सुनाखरी न्युज/ काठमाडौं – ब्रिटिश प्रोफेसनल कलेजकी रिया मानन्धरले ९८ प्रतिशतसहित विश्व टप गरेकी छन् । एसोसिएसन अफ चार्टण्ट सर्टिफाइड एकाउन्टेन्ट (एसीसीए) मा उनले विश्वभरका लाखौँ विद्यार्थीहरूलाई उछिन्दै ट्याक्सेसन पेपरमा सबैभन्दा बढी अंक ल्याउन सफल भएकी हुन् ।

 

एसीसीए कार्यक्रम विश्वकै सबैभन्दा ठुलो र छिटो बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो । यसका विश्वका १७९ देशमा ५ लाख २७ हजार विद्यार्थी र २ लाख १९ हजार सदस्यहरु रहेका छन् ।