२०७९ मंसिर १५ , बिहिवार

कृषि विकास बैंक लि ५५ औ वर्षमा प्रवेश

सुनाखरी न्युज/ काठमाडौं – माननिय अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरज्यूले कृषि विकास बैंक लि.को ५५ औ वार्षिक उत्सव समारोहको भव्यताका साथ भचुर्यल माध्यमबाट समुदघाटन गर्नुभयो ।

 

 

यस समारोहका प्रमुख अतिथी माननिय अर्थमन्त्रीज्यूले बैंकको ५५ औ वार्षिक उत्सवको अवसरमा प्रकाशित भएको बैंक समाचार स्मारिका पुस्तकको विमोचन समेत गर्नुभयो । वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै समारोहका प्रमुख अतिथी तथा माननिय अर्थमन्त्री जनार्दन शर्माज्यूले कृषि विकास बैंक लि.ले स्थापनाकालमा लिएको प्रमुख उद्देश्यबाट विचलन नभै कृषिलाई पहिलो प्राथमिता दिई कर्जा प्रवाह गर्ने र नेपाल सरकारले अगाडी सारेका लोककल्याणकारी कार्य र उत्पादनमुखी कार्यलाई समेत प्राथामिकता दिई समग्र वाणिज्य बैकिङ्ग व्यावसाय संचालन गर्न निर्देशन दिनुभयो । कृषि विकास बैंक लि. स्थापनाकाल देखि हाल ५५ औ वर्षसम्ममा सफलतापूर्वक ल्याई पुर्याउनु हुने सम्पुर्ण बैंक परिवार र सम्बद्ध पक्षलाई हार्दिक वधाई तथा धन्यवाद दिंदै आगामी दिनमा थप सफलताको लागि शुभकामना समेत व्यक्त गर्नुभयो ।

 

वार्षिक उत्सव कार्यक्रमका विशिष्ठ अतिथी तथा नेपाल राष्ट्र बैंकका गर्भनर श्री महाप्रसाद अधिकारीज्यूले कृषि विकास बैंक लि. पछिल्लो समय “क” वर्गको वाणिज्य बैंकको रुपमा संचालन भएता पनि कृषिलाई पहिलो प्राथामिकता दिएर नै आफनो बैकिङ्ग व्यवसाय संचालन गरेको देखिन्छ भने गत वर्षको मौद्रिक नीतिले कृषि क्षेत्रमा थप लगानी अवसर सृजना गर्नका निमित्त कृषि विकास बैंकलाई कृषि क्षेत्रको लिड बैंकको रुपमा रहने गरी कृषि वण्ड जारी गर्ने अवसर प्रदान गरे अनुरुप कृषि बण्ड जारी गरि सकेको, किसानहरुको सुविधाका लागि किसान क्रेडिटकार्डको व्यवस्था गरेको र आगामी दिनहरुमा बाणिज्य बैकिङ्ग लगायत कषि र किसानहरुको प्रगतिका लागि समेत टेवा पुग्ने खालका कार्यक्रम संचालन गर्न निर्देशन दिनुहुंदै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

 

 

बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल कुमार उपाध्यायज्यूले भर्चुयल तथा प्रत्यक्ष उपस्थित सम्पूर्ण आदरणीय अतिथिज्यूहरुलाई हार्दिक स्वागत अभिवादन गर्दै बैंकका गतिविधिहरु क्रमशः करिव १५ लाख निक्षेप ग्राहीको १ खर्व ५८ अर्व निक्षेप संकलन, १ लाख ५६ हजार कर्जा ग्राहीलाई करिव १ खर्व ७५ अर्व कर्जा प्रवाह गरेकोमा करिव ४० प्रतिशत कृषि क्षेत्रमा कर्जा प्रवाह, सुन कर्जा, सुन खरिद बिक्री, बिदेशी मुद्रा खरिद बिक्री, लकर सेवा, प्रतितपत्र कारोवार , ट्रष्ट रिसिप्ट कर्जा, जमानत कारोवार, शेयरधितोमा कर्जा तथा एटिएम सेवा, एसएमएस अलर्ट सेवा, भिजा कार्ड, मोबाईल बैंकिङ्ग सेवा, एडिबिल रेमिट, आइपिएस सेवा तथा कनेक्ट आईपिएस, अनलाईन बैंकिङ्ग खाता खोल्ने,आरटिजिएस, आस्बा, डिम्याट, इन्टरनेट बैकिङ्ग सेवा, फाईव ईन वन सेवा, क्यूआर टेलर सेवा, मोवाईल बैंकिङ्ग मार्फत युटिलिटी पेमेन्ट र करिव ३ लाखको हाराहारीमा रहेका शेयरधनीहरुलाई २१ प्रतिशतको प्रतिफल उपलव्ध गराउन सफल भएको लगायतका विषय माथि प्रकाश पार्नु हुदै यस बैंकलाई प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग पुर्याउनुहुने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लगायत विभिन्न निकायहरु, एशियाली विकास बैंक तथा अन्य दातृ निकायहरुप्रति आभार व्यक्त गर्नु भयो, बैंकलाई सदैव विश्वास गर्ने एवं हाम्रो अभियानमा सहयोग पुर्याउनुहुने सम्पूर्ण आदरणीय ग्राहक वर्ग, संचालक समिति तथा सहकर्मी कर्मचारी मित्र, बैंकमा क्रियाशिल युनियनहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो, बैंकको प्रगति एवं समृद्धिका लागि योगदान गर्नुहुने बैंकका पूर्व कर्मचारी तथा पदाधिकारीज्यूहरु प्रति हामी हार्दिक आभार व्यक्त गर्दै २० बर्ष र २५ वर्ष सेवा अवधि पूरा गरी आज पुरस्कृत हुने कर्मचारी साथीहरु, उत्कृष्ट कर्मचारीहरु,उत्कृष्ट ग्राहाक महानुभावहरुलाई बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको कामना समेत गर्नु भयो ।

 

 

कुशल एवं प्रभावकारी बैंकिंग सेवा प्रवाहका माध्यमबाट उच्च गुणस्तरयुक्त सम्पत्तिको निरन्तर सृजना र त्यसबाट प्राप्त प्रतिफल बैंकका सबै हिस्सेदार समक्ष न्यायपूर्ण ढंगबाट वितरण गर्न सम्पूर्ण बैंक परिवारको तर्फबाट प्रतिवद्धता व्यक्त गर्नुभयो । उक्त कार्यक्रमको अध्यक्षता बैंक संचालक समितिका अध्यक्ष श्री रमेशकुमार के.सी.ज्यूले गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बैंकले आफ्नो स्थापनका समयमा लिएको उद्देश्यका अलाव समय अनुसारको माग बमोजिम बैंकका सेवाहरुलाई अध्यावधिक गराउंदै नेपाल सरकारले प्राथामिकतामा राखेका कार्यक्रमको कार्यन्वयनका लागि महत्वपूर्ण भूमिका खेल्ने छ र भविष्यमा अझ अबव्ल बैंकको रुपमा अगाडी बढ्ने समेत वताउनु भयो । साथै कृषि विकास बैंक लि.ले ५४ वर्षको सफलयात्रा पार गरी ५५ औं वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा सम्पुर्ण बैंक परिवार र सम्बद्ध पक्षलाई हार्दिक बधाई तथा आगामी दिनका लागि शुभकामना समेत व्यक्त गर्नुभयो । उक्त कार्यक्रमलाई बैंकमा रहेका कर्मचारी यूनिका अध्यक्ष तथा संयोजक क्रमशः श्री सुजित विक्रम शाह र श्री हेमेन्द्र अर्यालले समेत सम्बोधन गर्नु भएको थियो ।

 

कार्यक्रममा बैंकका उत्कृष्ट ग्राहकको नामावली, कार्यसम्पादनमा उत्कृष्ट अंक ल्याई पुरस्कृत हुने कर्मचारीहरुको नामावली समेत घोषणा सम्मान तथा पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा बैंक संचालक समितिका सदस्यहरु डा.राजेन्द्रप्रसाद मिश्र, श्री रमेश दुवाडी, डा. इन्दीरा श्रेष्ठ मास्के, श्री संजिव पौडेल, श्री हरिप्रसाद पराजुली, श्री विनोद कुमार गुरांगाई बैंकका उप–महाप्रबन्धकहरु श्री प्रताप सुवेदी, श्री यज्ञप्रकाश न्यौपाने, श्री धु्रवचन्द्र गौतम, श्री दिर्घ बहादुर अर्याल, श्री बाबुकाजी थापा कम्पनी सचिव तथा प्रबक्ता श्री हिमलाल पौडेल लगायत कर्मचारीहरुको उपस्थिति थियो । कार्यक्रमको संचालन श्री बरंमका अधिकारीले गर्नु भएको थियो ।