२०७९ जेठ १३ , शुक्रवार

केही दिनदेखी इन्टरनेट सेवा सुस्त हुनुका कारण यस्तो छ

सुनाखरी न्युज/ काठमाडौं – केही दिन यता इन्टरनेट सुस्त भएको धेरै उपभोक्ताको गुनासो छ ।

 

 

इन्टरनेट सेवा प्रदायकहरुसँग इन्टरनेट सुस्त भएको गुनासो गर्ने क्रम पनि बढेको छ । अन्तर्राष्ट्रिय रुपमा इन्टरनेट प्रवाहको लागि प्रयोग हुने केबलमा समस्या देखिएका कारण नेपालमा पनि इन्टरनेट सेवा प्रभावित भएको सेवा प्रदायकहरुले जनाएका छन् । नेपालका इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन नेपाल इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले विज्ञप्ति जारी गर्दे विश्वभर इन्टरनेट सेवा प्रवाहको लागि समुद्रमुनी बिछ्याइएको तारमा समस्या आएकाले सेवा प्रभावित भएको प्रष्टिकरण दिएको छ ।

 

 

नेपालमा इन्टरनेट भित्र्याउने अपस्ट्रिम प्रोभाइडर टाटा, एयरटेलजस्ता सेवा प्रदायकले समुद्रमुनी बिछ्याएको तारमा समस्या देखिएपछि वैकल्पिक मार्ग उपयोग गरिएको विज्ञप्तिमा जनाइएको छ । समुद्रमुनी बिग्रिएको तार मर्मतको लागि अनुमति लिने, मौसमजस्ता कारणले केही साता मर्मतको लागि सेवा प्रदायकले जनाएका छन् ।