२०७९ जेठ ३ , मंगलबार

आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढ्यो

gold

सुनाखरी न्युज/ काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा एक सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२१५ मा कारोबार भएकोमा आज बढेर तोलामा १३२५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।