सुनाखरी न्युज/ काठमाडौं ।
नेशनलमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको आठौँ वार्षिक साधारण सभा विहिबार धादिङ्गमा सम्पन्न भएको छ । सञ्चालक समितिको तर्फबाट सभाध्यक्ष रविन सिजापतिले प्रश्तुत गर्नुभएको आ.व.२०७७-७८ को बार्षिक प्रतिवेदनआठौं बार्षिक साधारण सभाले पारित गरेको छ ।
कम्पनीले २०७८ आषाढ मसान्त सम्म कायम रहेको चुक्ता पूँजी ४१ करोड ९१लाखको ५ प्रतिशतले हुनआउने नगद लाभांश र ४० प्रतिशतले हुनआउने बोनश गरी कुल ४५ प्रतिशत लाभांश स्वीकृत गरेको छ । वोनश शेयर पश्चात कम्पनीको चुक्ता पूंजी ५८ करोड ६७ लाख पुगेको छ ।साथै सभाले संस्थाको हालको अधिकृत पुँजी ५० करोडबाट बृद्धि गरी ७० करोड पु्याउने बिशेष प्रश्ताव समेत पारित गरेको छ ।