२०७९ जेठ २ , सोमवार

निर्वाचन आयोगले जारी गर्‍यो राष्ट्रिय सभा निर्वाचनको लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड

Nirbachan-Aayog

सुनाखरी न्युज/ काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गरेर स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य लागु गर्न निर्देशन दिएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गरेर निर्वाचनमा कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न निर्देशन दिएको हो ।

 

मतदान गर्ने मतदाताहरुको हकमा पनि पूर्ण खोप लगाएको प्रमाण पत्र अनिवार्य गरिएको छ। मतदान केन्द्र प्रवेश गर्नु अगाडि मतदाताहरुले खोप कार्ड देखाउनुपर्ने छ। हरेक मतदान स्थलमा तापक्रम मापद गर्ने थर्मल गन र आवश्यक स्वास्थ्य सामग्रीसहित २ जना स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क हुने जनाएको छ। मतदान स्थलमा अनिवार्य रुपमा सबैले सामाजिक दूरी कायम गर्नुपर्ने पनि आयोगले जारी गरेको मापदण्डमा उल्लेख छ।