२०७९ जेठ १३ , शुक्रवार

काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द

सुनाखरी न्युज/ काठमाडौं – उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यक बाहेक अन्य सबै सेवा बन्द गरेका छन्।

 

शान्ति, सुरक्षा र मुद्दासम्बन्धी सेवाबाहेक अन्य बाँकी सबै सेवा बन्द गरिएको तीनै जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आफ्ना कर्मचारीमा कोरोना संक्रमण देखिएको भन्दै माघ ५ गतेदेखिनै अत्यावश्यक बाहेक सेवा बन्द गरेको छ।‘सेवा प्रदायकको रूपमा कार्यरत कर्मचारी तथा सेवाग्राहीसँग नियमित र प्रत्यक्ष सम्पर्कका कारण यस कार्यालयको नागरिकता, नागरिकता प्रतिलिपि, नावालक परिचयपत्र, राष्ट्रिय परिचय पत्र र राहदानी प्रदान गर्ने फाँट तर्फका कर्मचारीहरू कोभिड १९ बाट संक्रमित भई उपचारको क्रममा रहेकाले अर्को सूचना जारी नभएसम्म यी फाँटबाट हुने सबै सेवा स्थिगित गरिएको छ’, निमित्त प्रमुख जिल्ला अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

 

अत्यावश्यक सेवा लिन चाहने सेवाग्राहीलाई अनिर्वायरूपमा मास्क लगाएर, स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गरी साथमा खोप कार्ड वा मोबाइलमा कार्डको फोटो लिएर लिएर आउन आग्रह गरिएको छ। पूर्णरूपमा स्वास्थ्य मापदण्ड पालना गर्न, अनावश्यकरूपमा घर बाहिर ननिस्कन, अनिवार्य मास्क प्रयोग गर्न र भीडभाड नगर्न सबैमा आह्वान गरेका छन्।