२०७९ जेठ १३ , शुक्रवार

मौसम खराबीका कारण आन्तरिक उडानहरु प्रभावित

सुनाखरी न्युज/ काठमाडौं – मौसम खराबीका कारण आन्तरिक उडानहरु प्रभावित भएका छन् । आज (बिहीबार) बिहानैदेखि लागेको बाक्लो हुस्सुका तराई क्षेत्रका र हिमाली क्षेत्रका पाँच वटा विमानस्थल खुल्न सकेका छैनन् ।

 

त्रिभुवन विमानस्थलका अनुसार विराटनगर विमानस्थल, भरतपुर विमानस्थल र भैरहवा विमानस्थल खराब मौसमकै कारण अहिलेसम्म खुल्न सकेका छैनन् । यस्तै, लुक्ला, फाप्लु, सिमीकोट, डोल्पा र रारामा हिमपातका कारण उडानहरु प्रभावित भएको विमानस्थलले जनाएको छ । यी क्षेत्रहरुको भिजिविलिटी एक हजार मिटर भन्दा कम रहेकाले उडानमा समस्या आएको विमानस्थलको भनाइ छ । खराब मौसमकै कारण काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको जहाजमा एक यात्रु बेहोस भएका छन् ।

 

काठमाडौंबाट ७:४४ मा उडेको उडान नं ४५१ जहाज निर्धारित समयअनुसार ८:४४ मा अवतरण हुनुपर्ने थियो । तर, नेपालगञ्ज विमानस्थलको मौसम प्रतिकुल नभएपछि जहाज होल्डमा प¥यो । यो जहाज बिहान ९ः१८ मा अवतरण भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरु भने समान्य अवस्थामा चलिरहेको छ ।