२०७९ जेठ २ , सोमवार

सन्दीपको कप्तानीमा टि–ट्वान्टी विश्वकप छनोटको नेपाली टोली घोषणा

सुनाखरी न्युज/ काठमाडौं – आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज सन्दीप लामिछानेको कप्तानीमा सो¥ह सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो ।

प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका जितेन्द्र मुखिया, लोकेश बम, विवेक यादव र प्रदीप ऐरीले टिममा स्थान बनाएका छन् । जितेन्द्र र प्रदीपले टिममा पुनरागमन गरेका हुन । लोकेश र विवेकले पहिलो पटक टिममा समेटिएका हुन । विनोद भण्डारी, सोमपाल कामी टिमबाट बाहिरिएका छन् । विश्वकप छनोटको समूह ‘ए’अन्तर्गतको ग्लोबल छनोट फेब्रुअरी १७ देखि २४ तारिखसम्म ओमानमा आयोजना हुदैछ ।

छनोटमा आयोजक ओमानसहित नेपाल, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्याण्ड र जर्मनी रहेका छन् । यस समूहबाट शीर्ष दुई टोली यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुनेछन् ।