२०७९ जेठ १३ , शुक्रवार

विद्यार्थीले जलाए प्रधानमन्त्री देउवाको पुत्ला

सुनाखरी न्युज/ काठमाडौं – विद्यार्थीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । बिहीबार काठमाण्डुको अस्कल क्याम्पस परिसरमा प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए । प्रदर्शनकारीलाई रोक्न प्रहरीले बल प्रयोग गरेको थियो । तर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३—३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।