२०७९ जेठ १३ , शुक्रवार

सुनको भाउ एकैदिन तोलामा १ हजार रुपैयाँ बढ्यो

gold

सुनाखरी न्युज/ काठमाडौं – सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले बढेर १३ सय १५ रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ७०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएको थियो ।