२०७९ जेठ ३ , मंगलबार

आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु

सुनाखरी न्युज/ काठमाडौं – कोभिड–१९ संक्रमण बढ्दो क्रममा रहँदा मोफसलकै प्रतिष्ठित प्रतियोगिता आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै छ ।

 

 

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र सशस्त्र प्रहरी बल (एपीएफ)ले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिता स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरी सञ्चालन गरिने सहारा क्लबले जनाएको छ । प्रतियोगिताका लागि खोपकार्ड अनिवार्य गरिएको छ । प्रदेश सरकारले रंगशालामा एकतिहाइ दर्शक राखेर खेलाउन पाउने बताए पनि आयोजक सहाराले पहिलो चरणका खेल विनादर्शक खेलाउने निर्णय गरेको छ । आहा–रारा गोल्डकप पहिलो संस्करणदेखि निरन्तर भएको एक मात्र प्रतियोगिता हो । प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेता टिमले पाँच लाख एक हजार रुपैयाँ पुरस्कार जित्नेछन् ।