२०७९ जेठ १३ , शुक्रवार

सशस्त्र प्रहरीद्वारा घरेलु मदिरा नस्ट

सुनाखरी न्युज/ पर्सा – सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिखमपुरले अवैध रूपले उत्पादन गरिएका १०० लिटर घरेलु मदिरा बरामद गरेकाे छ । शसस्त्र प्रहरी आउट पोस्ट भिखमपुरका प्रहरी निरीक्षक निरन्जन कार्कीको नेतृत्वमा खटिएको टोलीले जगरनाथपुर गाउँपालिका वडा नं ४ मोरटोलबाट मोटरसाइकलमा लोडरहेको १०० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको हो ।

 

घरेलु मदिराकै कारण समाजमा हत्या, हिंसा, बलात्कार लगायत जघन्य आपराधिक घटना वृद्धि भएको, शान्तिसुरक्षामा असर पारेको र एकापसमा द्वन्द्व तथा तनाव सिर्जना भइ समुदायमै नकारात्मक असर पार्ने भएका प्रहरीले जनाएकाे छ । सशस्त्र प्रहरीको गस्ती टोली देखेर मोटरसाइकल र रक्सी छोडेर भागेको प्रहरीले जनाएकाे छ । बरामद गरिएको रक्सी नष्ट गरिएको छ ।