२०७९ जेठ १३ , शुक्रवार

सरकारले घटायो कोरोना परीक्षण शुल्क, ७ दिन सम्म अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने

सुनाखरी न्युज/ काठमाडौं – सरकारले कोरोना संक्रमणको आशंका वा लक्षण देखिएको छ भने ५ दिन अनिवार्य रुपमा क्वारेन्टिनमा बस्न र त्यसपछि परीक्षण गराउन आग्रह गरेको छ ।

 

 

संक्रमण आशंका भएकाले परीक्षण गराएको छैन भने ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहायक प्रवक्ता डा समीर कुमार अधिकारीका अनुसार लक्षण देखिएका व्यक्तिहरुको चिकित्सकको परामर्शको आधारमा सरकारी प्रयोगशालामा निःशुल्क परीक्षणको व्यवस्था मिलाइएको बताए । सीमा नाकाहरुमा नेपाल प्रवेश गर्ने यात्रुहरुलाई पनि निशुल्क एन्टिजेन परीक्षणको व्यवस्था मिलाइएको बताए ।

 

लक्षण नदेखिएकाहरुले परीक्षण गराउन चाहेमा भने सरकारी प्रयोगशालामा यसअघि लिइँदै आएको १ हजार रुपैयाँलाई समायोजन गरेर हाल ८०० रुपैयाँ लिने र यस्तै निजी प्रयोगशालामा बढीमा २ हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्थालाई अहिले बढीमा १५०० रुपैयाँ तिर्नुपर्ने निर्णय भएको अधिकारीले बताए ।