२०७९ मंसिर १० , शनिवार

नेलम्बो नेपालले पोखराको संक्रामक तथा सरुवा रोग अस्पताललाई ४ जना स्वास्थ्यकर्मीहरु सहयोग

सुनाखरी न्युज/ पोखरा – पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपाललेयस पटकको नयाँ भेरियन्ट आक्रमक रुपामा समुदाय स्तरमा फैलि सकेको हुँदा आफुहरु पृथक तवरले अगाडी बढ्ने वताएको छ ।

 

 

हाल फैलिरहेको नयाँ भेरियन्ट सहितको तेस्रो लहरले अधिकतम मानिसहरुका साथै स्वास्थ्य कर्मीहरुलाई संक्रमण गराई रहेको हुदाँ नेलम्बो नेपालको सहयोग पोखराको लेखनाथमा रहेको संक्रमण तथा सरुवारोग अस्पताललाई ४ जना स्वास्थ्यकर्मीहरु ( रेडियो ग्राफर १ जना, स्र्टाफ नर्स १ जना, ल्याव टेक्निसियन २ जना) ६ महिनाको लागि सहयोग गरेको नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटाले वताउनु भयो उक्त सम्झौता संक्रामक रोग तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचन र नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटा बीच सम्झौता भएको हो ।

 

 

आगामी दिनमा पनि नेलम्बो नेपालले कोभिड–१९ आइसोलेसन वार्डहरु स्थापना गरेका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु आवश्यकता र संस्थाको क्षमता अनुसार प्रदान गर्न सकिने पनि बताउनु भयो । उक्त अस्पतालललाई नेलम्बो नेपालले डिस्पोजिवल माक्स ५०० पिस, के.एन ९५ माक्स ५०० पिस, सेनिटाइजर २० लिटर, पल्स अक्सिमिटर १० पिस, डिस्पोजिवल पन्जा १० प्याकेट, पिपिइ १० पिस, स्प्रे बोतल १० पिस, व्याट्री १० जोर, कोभिड १९ सचेतना व्यानर २ पिस गरि जम्मा रु ७५,१५०।– रुपैया बवावरको स्वास्थ्य सामग्रीहरु पनि उपलब्ध गराएको नेलम्बो नेपालका अप्रेसन कोडिनेटर विदित शाहले बताउनु भयो ।

 

 

नेलम्बो नेपालले कोभिड–१९ सँग सम्बन्धीत कार्यक्रमहरु सुरुवाती चरणहरुबाट गर्दै आईरहेको र कोभिड–१९ को पहिलो र दोस्रो लहरमा स्वास्थ्य सुरक्षाका सामग्रीहरु स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, सञ्चार कर्मी, कास्की जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालयहरु, स्थानीय तह, विभिन्न पालिकाका वडाहरु र स्वास्थ्य चौकीहरु विभिन्न संघ संस्था तथा सरकारी कार्यालयहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रदान गरि स्वास्थ्य सजग रहन सहयोग गरेको छ । भने समस्यामा परेका अपाङ्ग तथा विपन्न परिवारलाई खाद्यराहात सामग्रीहरु हस्तान्तरण गरि दैनिक जीवन यापन सहज वनाउनको लागि सहयोग पु¥याएको छ । भने विभिन्न् स्थानहरुमा कोभिड–१९ सम्बन्धी सचेतनाका कार्यक्रमहरु गर्दै आईरहेको छ ।