२०७९ मंसिर २२ , बिहिवार

प्रहरी टोलीमाथि आक्रमण गर्ने लुटेरा समूहका पाँच जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं – धनुषामा प्रहरी टोलीमाथि आक्रमण गर्ने लुटेरा समूहका पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बटेश्वर गाउँपालिका–४ बस्ने २७ वर्षीय जीवन ठाकुर, २३ वर्षीय चन्द्रदेव यादव, २६ वर्षीय कमलेश यादव, ३२ वर्षीय रामबाबु यादव र २६ वर्षीय नरेशरवि दास रहेका छन् ।

 

बटेश्वर गाउँपालिका–४, राम्रोचोकबाट महोत्तरीको भंगाहा नगरपालिका–७, गोराना बस्ने अमितकुमार पासवानको साथबाट ४५ हजार भारतीय रुपैयाँ र एकथान मोबाइल लुटपाट गरेको आरोपमा गए राति उनीहरूलाई पक्राउ गरिएको हो ।