२०७९ मंसिर १५ , बिहिवार

राप्रपा ककनि गाउपालिका वडा नं १ को वडा कार्यालय स्थापना

सुनाखरी न्युज/ नुवाकोट – राप्रपा ककनि गाउपालिका वडा नं १ को वडा कार्यालयस्थापना भएको छ। राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।

 

कार्यक्रममा केन्द्रीय सदस्य अष्टमाया लामा,जिल्ला वरिष्ठ उपाध्यक्ष विमल थापा, क्षेत्रीय अध्यक्ष तेज लामा, उपाध्यक्ष श्याम गजुरेल, पुर्व केन्द्रीय सदस्य नरेन्द्र फुयाल, सुन्दर पान्डे, श्यामसुन्दर वलामि, लगायतका नेताहरुले कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए।

 

ककनि १ का राप्रपा अध्यक्ष मान वा.वलामि को सभापतित्वमा सम्पन्न सभामा अन्य पार्टी परित्याग गरि राप्रपा प्रवेस गर्ने सदस्य हरुलाइ पार्टी ले स्वागत गरेको छ। कलाकार हरुको सांस्कृतिक प्रस्तुति सहितको कार्यक्रममा उल्लेख जनसहभागिता रहेको थियो ।