२०७९ मंसिर १४ , बुधवार

कोरोना संक्रमण अहिले सम्मकै उच्च, एकै दिनमा थपिए १० हजार बढी कोरोना संक्रमित

सुनाखरी न्युज/ काठमाडौं – पछिल्लो २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।

 

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो। यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै कोरोना संक्रमित संख्या हो। यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो।

 

स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ५६२ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको जनाएको छ। यससँगै देशभर संक्रमितको कुल संख्या ३९ हजार ४४ पुगेको छ।