२०७९ जेठ १३ , शुक्रवार

हिरो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा बिक्री वितरण सुरु

सुनाखरी न्युज/ काठमाडौं – भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ई मोबिलिटी प्रा.लि.(लक्ष्मी ग्रुपको भगिनी संस्था) ले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री प्रारम्भ गरेको छ ।

 

 

काठमाडौंको टेकुमा अवस्थित पहिलो हिरो इलेक्ट्रिक स्कुटरको शोरुम मार्फत यी स्कुटर बिक्री वितरण भइरहेको छ । इलेक्ट्रिक मोबिलिटीलाई प्राथमिक्ता दिने लक्ष्मी ग्रुपको सोच अनुरुप हिरो इलेक्ट्रिक स्कुटरको बिक्रीबितरण प्रारम्भ गरेको कम्पनीले जनाएको छ । नेपाली बजारमा एन वाई एक्स, फोटोन र सिंगल ब्याट्री तथा डबल ब्याट्री सहितको अप्टिमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको छ ।एक पटक फुलचार्ज गरी ८२किलोमिटर देखि १६५ किलोमिटर सम्मको रेन्जदिने यी स्कुटरहरुले भारतमा अति नै राम्रो बजार लिएको र नेपालमा पनि सोही अनुरुपको बजार लिने अपेक्षा गरिएको छ ।

 

भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन् । नेपाली बजारमा हाल चार मोडल उपलब्ध गराइएको र आगामी दिनमा अन्य मोडल समेत क्रमशःउपलब्ध गराउदै ल्याउने योजना रहेको जानकारी कम्पनीले गराएको छ । लक्ष्मी ई मोबिलिटी प्रा.लि. ले काठमाडौंको टेकुमा आङ्खनो सुविधा सम्पन्न सर्भिस सेन्टर स्थापना गरेको छ । कम्पनीले नेपालभरका इच्छुक पक्षबाट डिलर शिपका लागि समेत आवेदन लिदैंछ । हिरो इलेक्ट्रिक भारतको पहिलो र सबैभन्दा ठूलो इलेक्ट्रिक टु ह्विलर्स स्कुटर निर्माता कम्पनी हो । हिरो इलेक्ट्रिकका हजारौं सन्तुष्ट ग्राहकहरु छन् । हिरो इलेक्ट्रिकले भारतमा इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा एक दशक भन्दा लामो समयदेखि अग्रस्थान ओगट्दै आइरहेको छ ।