२०७९ आश्विन १३ , बिहिवार

नेपाली बजारमा भित्रियो फक्सवागन फ्ल्यागसीप नयाँ ट्वारेग–आर

सुनाखरी न्युज/ काठमाडौं – नेपाली बजारमा फक्सवागनको टप–क्लास फ्ल्यागसिप मोडल नयाँ ट्वारेग–आर नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले लक्जरीमा उत्कृष्ट टप रेन्जको फ्ल्यागसीप मोडल ट्वारेग–आर नेपाल भित्र्याएको हो ।

 

क्लास लिडिङ ठूला एसयूभीका लागि फक्सवागन विश्वमै परिचित छ । नयाँ एसयूभी ट्वारेग–आर ६ सिलिन्डर भी(६, ३.० लिटर टबोचाज्र्ड पेट्रोल इन्जिनद्वारा सञ्चालित छ, जसले ५३००–६४०० आरपीएममा ३४० पीएस पावर र १३७०–४५०० आरपीएममा ४५० एनएम टर्क जेनेरेट गर्छ । ट्वारेगको अपग्रेड गरिएको परिरूप, नयाँ ट्वारेग–आर लाइन, फक्सवागनको लामो इतिहासमा उत्पादन गरिएको सबैभन्दा शक्तिशाली कार हो जस्लेआफ्नो छाप बनाउन र आफ्नो पूर्ववर्ती जस्तै विरासत दोहोर्याउन नेपाली बजारमा आएको छ।

 

के के छन फिचर ?

नयाँ ट्वारेग–आरमा आठ स्पीड अटोमेटिक गियरबक्स,२० इन्चको एलोय ह्वील,ट्र्याक्सन कन्ट्रोल र फोर ह्वील ड्राइभ रहेको छ जस्ले अत्यन्तै प्रतिकुल मौसम तथा रोडमा पनि सिमलेस ड्राइभिङको अनुभव प्राप्ति दिन्छ। नयाँ ट्वारेग–आरमाएआरजेस्चरसहितको १५ इन्चको इन्फोटेनमेन्ट प्रणाली,१२ इन्चको क्लस्टर प्यानल, हीटेद सिट, फ्रन्ट मसाज सिट, अटो होल्ड कन्ट्रोल, फुल पानारोमिक सनरुफ, रियर एलईडी टेल लाइट, हिल डिसेन्ट असिस्ट, हेड अप डिस्प्ले, टायर प्रेसर मोनिटरिङ, डायनाडियो कन्सीकुएन्स को१४ स्पिकरहरू+ ४ सबवुफरहरू जस्ता विभिन्न प्रकारका आधुनिक सुविधाहरू छन्।

 

ट्वारेग–आर स्टाइलिस बोल्ढ एक्सटेरियर र फ्रेस तथा भाइब्रेन्ट डिजाइनका साथ उपलब्ध छ । कारमा भएको अगमेन्टेड रियालिटी सहितको इन्फोटेन्मेन्ट सिस्टमयुक्त ड्यासबोर्डले यसको प्रिमियम अपिललाई अझै बढाएको छ । यसमा फ्रेमलेस इन्टेरियर रियर भ्यू मिरर, अटो डिमिङ र अटो फोल्डेबल साइड मिरर,८१० लिटर बुट स्पेससहितको सेन्सर कन्ट्रोल लगेज कम्पार्टमेन्ट जस्ता सुविधाहरू पनि छन् । यी सबै आधुनिक युगका कनेक्टिभिटी फिचर र विभिन्न असिस्टेन्स, कम्फर्ट,लाइटिङ र इन्फोटेनमेन्ट सिस्टमका कारण ट्वारेगले अन्य कारमा भविष्यमा प्रयोग गरिने फिचरलाई अहिले नै मार्गदर्शन गरेको छ ।

 

अति कम उत्सर्जन र प्रभावशाली प्रदर्शनजस्ता दुवै क्षमता भएको ट्वारेग–आरले ५.९ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ भने यसको टप स्पिड २५० किलोमिटर प्रतिघण्टा छ । नयाँ एसयूभी ट्वारेग–आरको आगमन पश्चात यसले बजारमा आफ्नो उपस्थितिलाई अझै बलियो प्रमाणित गर्ने विश्वास गरिएको छ ।कम्पनीले नयाँ ट्वारेग–आरको प्रारम्भिक मूल्य ३.२५ करोड तोकेको छ । जुन बियम्डब्लु एक्स फैब,रेण्ज रोभर स्पोर्ट्स आदिसँग प्रतिस्पर्धा गर्नेछ ।