२०७९ मंसिर १४ , बुधवार

नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारण सभा रद्द

सुनाखरी न्युज/ काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले माघ ४ गतेका लागि बोलाएको विशेष साधारण सभा रद्द गरेको छ । बैंकको पुस ११ गतेको सञ्चालक समितिको बैठकले बैंकको केन्द्रिय कार्यालय, दरबारमार्ग, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको थियो ।

हिमालयन बैंक लिमिटेडसँगको मर्जर प्रस्ताव पारित गर्नका लागि बोलाईएको उक्त सभा मर्जर प्रस्ताव अस्वीकृत भएसँगै रद्द भएको हो । बैंकको पुस ३० गतेको वार्षिक साधारण सभाले हिमालयन बैंकसँग मर्जरमा जाने प्रस्ताव अस्वीकृत गरेकाले विशेष साधारण सभा नगर्ने निर्णय बैंकले गरेको हो ।

 

यी दुई बैंक एक बराबर एक शेयर आदानप्रदान गर्ने सहमति अनुसार मर्जरमा जाने सम्झौता गरेका थिए । वार्षिक साधारण सभामा हिमालयन बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ट र कर्मचारी संचय कोषले लिखित रुपमै विपक्षमा भोट हालेकाले मर्जर पस्ताव अस्वीकृत भएको हो ।