२०७९ जेठ ३ , मंगलबार

सुनचाँदीको मूल्यमा गिरावट

gold

सुनाखरी न्युज/ काठमाडौं – साताको पहिलो दिन आज आइतबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । गत मंगलबारदेखि वृद्धि हुँदै आएको सुनचाँदीको मूल्यमा भने आज गिरावट आएको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोलामा ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ३ सय रुपैयाँले घटेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य बिहीबार प्रतितोला रु ९२ हजार २ सय तोकिएको थियो । यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।