२०७९ मंसिर १० , शनिवार

समाजसेवी दुर्गाबहादुर कार्कीको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

सुनाखरी न्युज/पोखरा – स्वतन्त्र पत्रकार संघ कास्कीले समाजसेवी दुर्गाबहादुर कार्कीको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । संघका पूर्व कार्य समिति सदस्य सागर कार्कीलाई परेको पितृशोकको सातौं दिन पारेर संघले शनिवार कार्कीकै निवासमा उक्त सभा आयोजना गरेको हो ।

सभाका वक्ताले समाजसेवी कार्कीको यही पुस २५ गते भएको निधनले संघलाई मर्माहत तुल्याएको बताए । सभामा संघका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले दुर्गाबहादुर कार्कीलाई निष्ठावान् सामाजिक व्यक्तित्वका रुपमा चिनाउँदै समाजमा दुर्गाबहादुर जस्ता व्यक्तिको भौतिक उपस्थिति नरहे तापनि व्यक्तित्व जीवन्त रहने धारणा व्यक्त गरे । संघका कास्की शाखा अध्यक्ष असफल गौतमले आफ्ना सन्तानलाई असल संस्कार र मार्गमा हिँडाउन दुर्गाबहादुरले नाम जस्तै काम गरेको स्मरण गर्दै शोकलाई शक्तिमा बदलेर देखाएको बाटो हिँड्नु वर्तमानको आवश्यकता रहेको बताए ।

 

सभामा संघका कोषाध्यक्ष ओम उपाध्याय, सहसचिव डी.आर काफ्ले, पूर्व उपाध्यक्ष कृष्ण रानाभाटले दुर्गाबहादुरको व्यक्तित्वबारे चर्चा गरेका थिए । परिवारकातर्फबाट बोल्दै सागर कार्कीले पिताको योगदानको स्मरणमा श्रद्धाञ्जली सभा आयोजना गरेकामा कास्की शाखाप्रति आभार व्यक्त गरे ।