२०७९ आश्विन ११ , मंगलबार

आजदेखि २ रुपैयाँको सिक्का प्रचलनमा : राष्ट्र बैंक

सुनाखरी न्युज/ काठमाडौं – नेपाल राष्ट्र बैंकले आज शुक्रबार (पुस ३० गते) देखि २ रुपैयाँको सिक्का प्रचलनमा ल्याउन लागेको छ । साविककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएको २ रुपैयाँ दरका सिक्का बजारमा प्रचलनमा ल्याउन लागिएको हो । राष्ट्र बैंकका अनुसार यि सिक्काको वृत्ताकार घेराभित्र वरपर ६४ वटा थोप्ला छन् ।

 

सिक्काको माथिल्लो भाथमा अंग्रेजीमा आरएस टु र तल्लो भागमा देवनागरी लिपिमा २ रुपैयाँ लेखिएको छ । आठ थोप्लासहितको वृत्ताकार चित्र रही सो भित्र वर्गाकार आकृतिको बाहिरपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शंख, पद्म र गधाको आकृति छ । सिक्काको बिच भागमा जानकी मन्दिरको आकृति रहेको र सो आकृतिको मुनि देवनागरी लिपिमा जानकी मन्दिर लेखिएको छ ।

 

यस्तै, सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ । त्यस्तै, नक्साको ठिक माथिपट्टि दायाँतर्फ फरक क्षमता (दृष्टिविहीन) हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला रहेको छ । सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तलम्लो भागमा २०७७ लेखिएको छ ।