२०७९ जेठ ३ , मंगलबार

प्रभु क्यापिटल विशाल बजार कम्पनीको शेयर रजिष्ट्रारमा नियुक्त

सुनाखरी न्युज/ काठमाडौं – प्रभु क्यापिटल लिमिटेड विशाल बजार कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि विशाल बजार कम्पनी लिमिटेड र प्रभु क्यापिटल लिमिटेड बीच सम्झौता भएको हो ।

 

सम्झौतामा विशाल बजार कम्पनी लिमिटेडका तर्फ बाट प्रबन्ध सञ्चालक गगनबहादुर बि.के.ले र प्रभु क्यापिटलको तर्फ बाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गर्नु भएको छ । २०७८ माघ १ गतेदेखि लागू हुने गरी विशाल बजार कम्पनी लिमिटेडले प्रभु क्यापिटल लिमिटेड लाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

 

शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले विशाल बजार कम्पनी लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।