२०७८ माघ ७ , शुक्रवार

डेढ महिनाभित्र निजी क्षेत्रलाई विदेशमा विद्युत व्यापारको अनुमति दिन्छौँ : ऊर्जामन्त्री

सुनाखरी न्युज/ काठमाडौं – सरकारले अबको डेढ महिनाभित्रमा निजी क्षेत्रलाई विदेशमाविद्युतव्यापारको अनुमतिदिने भएको छ । ऊर्जा, जलस्रोत तथासिँचाई मन्त्रीपम्फा भुसालले निजी क्षेत्रलाई विद्युतव्यापारको अनुमतिदिने सम्बन्धीकार्यविधिको तयारी गरिहेको भन्दै अबको एकदेखि डेढ महिनाभित्रमाकाम सम्पन्न गर्ने बताउनुभयो ।

 

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालसहितको प्रतनिधिमण्डल सँगको भेटमा ऊर्जामन्त्री भुसालले अन्तरदेशीय विद्युत व्यापारमा निजी क्षेत्रलाई अग्रसर गर्ने सोचसहितकार्यविधितयार भइरहेको जानकारी दिनुभयो । ‘विद्युतनिर्यातमानिजी क्षेत्रलाई विद्युतनिर्यातमा सहभागीबनाउने नै हाम्रो सोच हो,’ उहाँले भन्नुभयो, ‘विद्युत आयात गर्न दिँदैनौँ, तपाईंहरूले गन्तव्यखोजेर निर्यात गर्नुस् ।’सरकारले अन्तर्राष्ट्रिय बजारमा निजी क्षेत्रले सिधै विद्युतबिक्री गर्न सक्ने गरी कार्यविधितयार गर्ने उहाँले जानकारी दिनुभयो । ‘आफैँविद्युतउत्पादन गर्ने र बिक्री गर्नेलाई पनि सहजीकरण गर्ने गरी कार्यविधि बनाउछौँ,’ उहाँले भन्नुभयो । उहाँले विद्युत उत्पादनमा मात्रै नभइ प्रसारणमा समेत निजी क्षेत्रलाई सहभागी गराउने उल्लेख गर्नुभयो । उहाँले बंगलादेशसम्म विद्युत निकासीका लागि सरकारले विशेष पहल गर्ने पनिउल्लेख गर्नुभयो । मन्त्री भुसालले नेपालमा उत्पादनहुने विद्युतको मुख्यबजार भारत भएकाले निजी क्षेत्रले पनिभारतमाबजार खोज्नुपर्ने बताउनुभयो ।

 

छलफलमा मन्त्री भुसालले अर्ध जलाशययुक्त जलविद्युत आयोजना (पिकिङ रन अफदि रिभर)को विद्युतखरिद सम्झौता (पिपिए) नरोकिने पनिबताउनुभयो । ‘केहीप्राविधिक कारणले रोकिएकाहोलान्, हामी अघि बढाउछौँ’ उहाँले भन्नुभयो । छलफलमा ऊर्जा सचिव देवेन्द्र कार्कीले नेपालमाउत्पादनहुने विद्युतनिर्यातकादुई महत्वपूर्ण गन्तव्यभारत र बंगलादेश भएको भन्दै दुवै दशेमा अलग–अलगतउच्चस्तरीय संयन्त्रमार्फत विद्युतव्यापारकोकाम अघि बढाउन खोजेको बताउनुभयो । ऊर्जा मन्त्रालयमाभएको छलफलमा परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले बंगलादेशमा नवीकरणीय ऊर्जाको उच्चमाग रहेको भन्नुहुँदै नेपालमाउत्पादनहुने विद्युतत्यहाँनिर्यातको वातावरण बनाइदिन आग्रह गर्नुभयो । ‘विद्युत निर्यात चुनौतिपूर्ण भएपनि संभावना धेरै छन्,’ उहाँले भन्नुभयो, ‘निजी क्षेत्र यसकालागिकाम गर्न तयार छ र सक्षमपनि छ ।

 

सरकारले अनुमति दिनु प¥यो ’अध्यक्ष अग्रवालले विद्युत निर्यातको काम अघि बढाउन सरकार र निजीक्षेत्र सम्मिलित उच्चसतरीय संयन्त्र बनाउन मन्त्री भुसाल समक्ष आग्रह गर्नुभयो । निजी क्षेत्र समेतको सहभागितामाबन्ने संयन्त्रले विद्युतनिर्यातकालागि सरकार–सरकार र सरकार–निजी क्षेत्रको तहमाकाम गर्न सक्ने बताउनुभयो । परिसंघको प्रस्तावमामन्त्री भुसालले नेपालबाट भारत एवं बंगलादेश सम्म विद्युतनिकासीका लागि हालकै प्रसारण लाइनमार्फत विद्युत निर्यात गर्न वा नयाँ प्रसारण लाइन बनाएर अघि बढ्न पनि सरकार तयार रहेको बताउनुभयो । ‘विद्यमान प्रसारण लाइनमा ह्विलिङ चार्ज तिरेर वानयाँलाइनबनाएर अघि बढ्न परे पनिहामीतयार छौँ’ उहाँले भन्नुभयो, ‘दुवै विकल्प माहामी तयार छौँ, निजी क्षेत्रलाई सहभागी गराएर अघि बढ्छौँ ।’बंगलादेश आफ्नो नवीकरणीय ऊर्जाको आवश्यकता पूरा गर्न नेपाल बाट विद्युतआयात गर्न तयार छ । परिसंघको टोली अघिलो महिना बंगलादेश जाँदा त्यहाँका विद्युत, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालबाट निजी क्षेत्रसँग सिधै विद्युत खरिद गर्न पनितयार रहेको बताउनुभएको थियो ।

 

बंगलादेशले नेपालमा सुनकोशी ३ जलविद्युत आयोजना आफैँ निर्माण गरी त्यसबाट उत्पादित विद्युत आफ्नो देश निकासी गर्ने प्रस्ताव समेत नेपाल सरकार समक्ष गरेको छ । भारतीय बाटो हुँदै बंगलादेशसम्मविद्युतनिर्यात गर्नुपर्ने भएकालविद्युतनिर्यातकालागि नेपाल, भारत र बंगलादेश बीच त्रिपक्षीय समझदारी हुनुपर्ने बुझाइ सरकारी अधिकारीहरूको छ । ऊर्जा मन्त्रालयमा भएको छलफलमा परिसंघका उपाध्यक्षहरू कृष्णप्रसाद अधिकारी र रोहितगुप्तातथा राष्ट्रिय परिषद सदस्यआशीषगर्ग र ऊर्जा मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको उपस्थिति थियो ।