२०७९ जेठ ३ , मंगलबार

नेप्सेमा उच्च अंकको वृद्धि

nepse high

सुनाखरी न्युज/ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ५४.१२ अंकले बढेर दुई हजार ८ सय ५७ दशमलब ७५ विन्दुमा पुगेको हो ।

त्यस्तै, आज कारोबार रकममा भने गिरावट आएको छ । ६ अर्ब ६६ करोड ९७ लाख बराबरको कारोबार भएको छ । बुधबार ८ अर्ब ३ करोड ३२ लाख बराबरको कारोबार भएको थियो । नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा मध्यभोटेकोशी जलविद्युत कम्पनी, माउन्टेन हाइड्रो नेपाल, कर्णाली डेभलपमेन्ट बैंक र शिवश्री हाइड्रोपावर कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् ।

 

त्यस्तै, आज नबिल डिभेञ्चर २०८५ को शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यसको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकाोशी हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ३४ करोड ३१ लाख भन्दा बढीको कारोबार भएको छ ।