२०७९ मंसिर २४ , शनिवार

ओपो ईन्नो डे २०२१ले जित्यो एफओटीडी अवार्ड

सुनाखरी न्युज/ काठमाडौं – ओपो ईन्नो डे २०२१ वेबसाइटले एफडब्ल्यूए (फेवरेट वेबसाइट अवार्ड) मार्फत एफओटीडी (एफडब्ल्यूए) अवार्ड जितेको छ ।

डिजिटल डिजाइन र मिडिया रचनात्मकताका क्षेत्रमा एक अग्रणी अवार्डका रुपमा रहेको एफडब्ल्यूएमा विश्वभर मध्यबाटै सर्वाधिक प्रगतिशील र अग्रगामी परियोजनाहरुको वास्तविक समयमै छनोट गर्नका लागि ३५ भन्दा बढी देशका ५ सय ब्यवसायिक निर्णायकहरु सम्मिलित रहेका छन् ।

तिनले डिजिटल प्रविधि र कला डिजाइनको संयोजनमा अत्याधुनिक रचनात्मकता प्रदर्शित गरेका योजनाहरुको छनोट तथा सम्मान गर्ने गर्छन् ।