२०७९ जेठ ३ , मंगलबार

सुन तोलामा चार सयले बढ्यो

gold

सुनाखरी न्युज/ काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा चार सयले बढेको हो । मंगलबार पनि सुनको मूल्य तोलामा तीन सयले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२३० मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२३५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।