२०७९ मंसिर १० , शनिवार

अवैध लागुऔषध गाँजा सहित ३ जना पक्राउ

सुनाखरी न्युज/ मोरङ-  मोरङको धनपालथान गाउँपालिका-२ स्थितबाट लागुऔषध गाँजा ३ केजी १०५ ग्राम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा धनपालथान-२ बरियाती टोलका ४० बर्षीय बसन्त पासवान, सुनसरी धरान-१६ का ३६ बर्षीय रविन राई र २९ बर्षीय वचन राईलाई पक्राउ गरेको हो । निजहरुबाट अवैध लागुऔषध गाँजा ३ केजी १०५ ग्राम, नगद २० हजार ५ सय रुपैया र प्रदेश १-०२०-०४५ प २६९९ नंम्बरको मोटरसाईकल बरामद भएको थियो ।

 

अवैध लागुऔषध गाँजा सहित पक्राउ परेका तीनै जनालाई सम्मानित मोरङ जिल्ला अदालतबाट लागुऔषध कसूरमा म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।