२०७९ मंसिर १४ , बुधवार

रेशम सापकोटाको ” भजन चुड्काले ” दर्शक श्रोताको मन जित्दै

sunakhari Banner Glove

प्रदिप न्यौपाने/ धनगढी – नेपाली गित संगीतमा छुट्टै पहिचान बनाउन सफल बाग्लुङको माटोमा जन्मिएका बाग्लुङको हरेक क्षेत्रलाई समेटेर विश्व भर चिनाउन सफल भएका अझ नेपाली धर्म सस्कृतीलाई भित्र बाट नियाल्दै बाग्लुङको हरेक मन्दिर हरेक धार्मिक ठाउको बयान गर्दै आएका रेशम सापकोटाको दर्शन गरौ हरिको भजम चुडुका सार्वजनिक भएको छ ।

 

रेशम सापकोटा र जुना श्रीस को आवाजमा रहेको भजन चुड्काको लय शब्द रेशम सापकोटाले नै गरेका छन । सरोज शाही ले छायांकन गरेको भिडियोको निर्देशन रेशम सापकोटाले नै गरेका छन । तरेली संगीत कुन्जको अफिसियल च्यानल बाट बजारमा आएको गितले पछिल्लो समय अत्याधिक रुचाईएको भजन रहेको छ । हुन त सापकोटाका हरेक गितमा धार्मिक आस्था बोकेका हुनाले बालबालिका देखि बुढाबुढी सम्म सबै ले सुन्न र हेर्न सकिने भएकाले पनि सापकोटा हरेक नेपाली को मन मा पस्न सफल भएका हुन ।