२०७८ माघ ७ , शुक्रवार

फिल्म ‘हेल्लो जिन्दगी’चैत्र ११ मा रिलिज हुने

सुनाखरी न्युज/ काठमाडौं – फिल्म ‘हेल्लो जिन्दगी’११ चैत्रमा प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मितिसँगै प्रचारप्रसार समेत थालेको छ ।

 

महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘हेल्लो जिन्दगी’ युके र नेपालमा खिचिएको हो । उक्त फिल्ममा बिक्रम डि जोशीका साथमा प्रियंका कार्की, दीपीका प्रसाईं, विल्सन बिक्रम राई, एभरेष्ट सूर्य बोहरा, बिक्रान्त बस्नेत, सबिता गुरुङ, जानकी पन्त, धु्रव दत्त, कुमुद पन्त र सनमकुमार बैरागको अभिनय छ ।