२०७९ मंसिर २० , मंगलबार

बैंक अफ काठमाण्डूका ग्राहकलाई The Sushi Bar मा १०% छुट

सुनाखरी न्युज/ काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले काठमाण्डौको ठमेलस्थित छाँया सेन्टरमा रहेको The Sushi Bar Multi-Fusion Cuisine मा छुट पाउने भएका छन्।

 

बैंक र The Sushi Bar बीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको हो । यस सम्झौतापश्चात ग्राहकले The Sushi Bar मा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १०% छुट पाउनेछन्।

 

उक्त छुटको उपयोग गर्नका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ। The Sushi Bar ले सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ। बैंक अफ काठमाण्डूले ९४ शाखा कार्यालय, ८४ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।