२०७९ जेठ १३ , शुक्रवार

पिएम कप राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको टोली घोषणा

सुनाखरी न्युज/ काठमाडौं – प्रधानमन्त्री कप सिनियर पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ ।

 

सन्तोष भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक प्रशिक्षक खेमराज भट्टले जानकारी दिए । कप्तानमा भट्टसँगै उपकप्तान शेर मल्ल, विकेटकिपर राजु रिजाल रहेका छन् । टोलीका अन्य सदस्यहरूमा खडक बोहरा, गजेन्द्र बोहरा, दिपक बोहरा, हेमन्त धामी, विकास आग्री, आदित्य महता, नारायण जोशी, वसन्त कार्की, अर्जुन साउद, दिपक टमटा र कैलाश ऐर रहेका छन् । यस्तै नरेन भट्ट, अनुराग सिंह, सत्यराज विष्ट र मिलन बोहरा वैकल्पिक खेलाडीका रुपमा रहेका छन् ।

 

हालै सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा खेलाडी छनोट गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ । नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २६ गतेदेखि काठमाडौँमा हुँदैछ । सुदूरपश्चिमले पहिलो खेल पुस २६ गते नेपाल पुलिस क्लबसँग खेल्दैछ । उक्त खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ । रासस