२०७९ मंसिर १४ , बुधवार

तनहुँमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

सुनाखरी न्युज/ तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। आज बिहान जिप दुर्घटनामा परेको हो।

 

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग३च ३७७८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुने चालकको नाम, थर वतन नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताए। सडकमा पल्टिँदा घाइते भएका चालकलाई दमौली अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।   रासस