२०७९ मंसिर १४ , बुधवार

प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा

सुनाखरी न्युज/ काठमाडौं – सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोभिड संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन्।

 

दाहालमा शनिबार बिहान कोभिड संक्रमण पुष्टि भएको थियो। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकमा दाहाल सहभागी थिए। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्रीमा कुनै लक्षण नदेखिए पनि दाहाललाई कोभिड देखिएकाले पीसीआर रिपोर्ट नआउँदासम्म (करिब तीन दिन) आइसोलेसनमा बस्न चिकित्सकले सुझाव दिएको बताए।

 

प्रधानमन्त्री शनिबार बिहान प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेटेर आएलगत्तै आइसोलेसनमा बसेका हुन्। दाहाललाई कोरोना संक्रमण पुष्टि भएपछि उक्त बैठकमा सहभागी सबै नेता कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।