२०७९ जेठ ३ , मंगलबार

नेपाल लाइफको सिनियर डिसिओमा पराजुली नियुक्त

सुनाखरी न्युज/ काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ) मा प्रवीण रमण पराजुली नियुक्त हुनु भएको छ ।

 

२५ पौष २०७८ बाट पराजुलीले सिनियर डिसिओको कार्यभार सम्हाल्नु भएको हो । पराजुलीले आफ्ना विगतका अनुभवहरु लाई आधारमानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मको रुपमा नेपाल लाइफ लाई लिएको बताउनु भयो । संस्थागत सुशासन लाई प्राथमिकतामा राखि कम्पनीलाई हरेक क्षेत्रमा अब्बल सावित गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । नम्बर १ कम्पनीको यात्रामा मुख्य हिस्सेदार हुनपाउनु गर्वको विषय रहेको बताउँदै, यसलाई अवसर र त्यो भन्दा बढी चुनौतीको रुपमा लिएको बताउनु भयो ।

 

अब मैले नेपाललाइफको नम्बर १ कम्पनीको छवीलाई हरेक सुचकांकमा अझ बलियो सावित गर्नु पर्ने चुनौती रहेको छ, नवनियुक्त सिनियर डिसिओ पराजुलीले बताउनु भयो । पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुनुहुन्थ्यो ।