२०७९ मंसिर २० , मंगलबार

एनएमबि बैंकको २६ औं बार्षिक साधारण सभा सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं – एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमा श्री त्रिभुवन आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाण्डौंमा २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

 

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गर्नु भएको थियो । उक्तवार्षिक साधारण सभाद्वारा आ.व. २०७७/७८ को नाफाबाट हाल कायम चुक्त पूजीका १२.५० प्रतिशतबोनस शेयर र ३.३ प्रतिशतनगदलाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागी समेत) पारित गरेको छ । साधारण सभाद्वारा स्वीकृत बोनस शेयर पश्चात बैंकको चुक्तापूँजी रु. १८ अर्व ३६ करोड पुग्ने जानकारी गराइएको छ । बैंकको २०७८ अषाढ सम्ममा खुदनाफा २ अर्ब ७१ करोड, निक्षेप रु. १६६ अर्ब र कर्जा रु. १५८ अर्ब रहेको छ ।

 

दिफिनान्सियल टाईम्स, लण्डनद्वारा “Bank of The Year Asia 2021” र “Bank of The Year Nepal 2021 बाट यस बैंकलाई सम्मानित गरेको छ । उक्त अवार्ड शेयरधनी महानुभाबहरुले समय समयमा बैंकलाई दिनु भएको सुझाब एवं सल्लाह मुताबिक भएको परिणामको रुपमा लिँदै सम्पूर्ण महानुभाबहरु प्रतिबैंकले कृतज्ञता ज्ञापन गरेको छ । बैंकले २०१७, २०१८, २०२० र २०२१ गरि चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि‘बैंक अफदिइयर नेपाल’प्राप्त गरि सकेकको छ । एनएमबि बैंकले हाल २०१ वटा शाखा, १३८ एटिएम र ९ विस्तारित सेवाद्वारा उच्चस्तरीय सेवाप्रदानगदै आईरहेको छ ।