२०७९ मंसिर २२ , बिहिवार

मृगौला पिडित रानालाई सहयोग हस्तान्तरण

शिशिर पौडेल /  पोखरा – मृगौला पिडित पोखरा १६ का हेम व.रानालाई उपचारका लागी आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

 

सामाजिक अभियन्ता शिवराज देवकोटाको पहलमा संकलित १ लाख ७ हजार ३ सय ७२ रुपैया एक कार्यक्रमका विच पिडित रानालाई हस्तान्तरण गरिएको हो । विगत ३२ वर्षदेखि पोखरा वस्दै आएको रानाको परिवार ज्याला मजदुरी गरेर दैनिक गुजारा चलाउदै आएको छ । आर्थिक अभावका कारण उपचारमा समस्या परेपछि अभियन्ता देवकोटा सहित अमरदिपका नारायण थापा, धर्मराज थापाले सामाजिक संजाल मार्फत सहयोगको आव्हान गरेका थिए ।

 

संकलित रकम पोखरा १६ का वडाध्यक्ष जीवन प्र. आचार्य, अभियन्ता देवकोटा, युवा नेता मदन वस्नेत, अन्नपुर्ण वाल आश्रमका शारदा वस्नेतले हस्तान्तरण गर्नुभयो । कार्यक्मा अग्रज पत्रकार राज व. गुरुङले आत्म विश्वासलाई दह्रो वनाउन सके रोगलाई सजिलै जित्न सकिने अनुभव सुनाउनु भयो । सामाजिक अभियन्ता देवकोटाले यस अघि पनि विभिन्न समस्यामा परेका व्यक्तिलाइृ सहयोग गर्दै आएका छन् ।