२०७९ मंसिर २० , मंगलबार

सुनको मूल्य तोलामा ७०० रुपैयाँले घट्यो

सुनाखरी न्युज / प्रति तोलामा ७०० रुपैयाँले घटी ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। हिजो विहिबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । तेजाबी सुनको मूल्य ९१ हजार १०० तोकिएको छ।

सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । प्रति तोलामा १० रुपैयाँले घटी एक हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।हिजो विहिबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो ।

हिजो प्रतितोला ५०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।

हिजो विहिबार प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।