२०७९ मंसिर १४ , बुधवार

नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारीको दौडमा पाँच जना, को कस्ता ?

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि छनोट तथा सिफारिस समितिले पाँच जनालाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि चयन गरेको छ ।

छानिएका पाँचै जनालाई पुस २५ गते आइतबार अर्थ मन्त्रालयको सुवर्ण हलमा प्रस्तुतिकरण तथा अन्तरवार्ताका लागि बोलाइएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत पदका लागि खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरिएको थियो ।

सोही आधारमा प्राप्त दरखास्तका साथ आवेदकहरुको शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणबाट प्राप्ताङ्कको विश्लेषण गरी प्राथमिकतामा परेका पाँच जना छानिएका हुन् ।

प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि छनोट समितिले  रिब्दीकोट–७, पाल्पाका कृष्णबहादुर कार्की, ललितपुर महानगरपालिका–२३, ललितपुरका डा.केशवप्रसाद श्रेष्ठ, शान्तिनगर झापाका प्रविन पन्दाक, शिवसताक्षी, झापाका रमेश घिमिरे र आँटफैला, नवलपसारीका डा. रमेशकुमार भण्डारीलाई चयन गरेको हो ।