२०७९ मंसिर २४ , शनिवार

विधानसम्मत निर्वाचित भएको हुँ : विनोद चौधरी

सुनाखरी न्युज/ काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्यविनोद चौधरीले आफु पार्टीको विधान रविधिवत रूपमा सम्पूर्ण प्रक्रिया पूरा गरेर पार्टीको १४औँ महाधिवेशनमा निर्वाचित भएको बताएका छन् । महाधिवेशनका विधि सम्मत प्रक्रियाहरू मार्फत् नेतृत्व छनौटका लागि भएको निर्वाचनमा आफै सहभागी हुने र निर्वाचन हारेपछि विधि सम्मत थिएन भनेर प्रश्न उठाउनु अलोकतान्त्रिक र अराजनीतिक चरित्र भएको पनिउनले प्रतिक्रिया दिएका छन् ।

 

‘महाधिवेशनमा निर्वाचन समितिले उम्मेदवारी दर्ता पछि विधिवत रूपमा दावी विरोधको समय उपलब्ध गराएको थियो । यदि म अयोग्यथिएँभन्ने कसैलाई लागेको थियो भने त्यो समयमा किन दावी विरोध गरिएन?’ केन्द्रीय सदस्य चौधरीले भने, ‘आफै सोही निर्वाचनमा उम्मेदवार हुने र विजयहुननसकेपछि विधिसम्मतभएनभनेर रोईलो गर्नुको कुनै अर्थ छैन । नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित मानिदैंन ।’नेपाली कांग्रेसको १४औँ महाधिवेशनको निर्वाचनमा चौधरी केन्द्रीय सदस्य (मधेशीतर्फ) दोस्रो धेरै मत २२०६प्राप्तगरि विजयभएकाथिए । सोही पदका लागि प्रतिस्पर्धामा रहेका सिरहाका सुभाषचन्द्र यादव पराजित भएका थिए । निर्वाचनमा पराजयभएको तीन सातापछि यादवले विधान माथि प्रश्न उठाएका छन् । यस्तो व्यवहारलाई नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरूले समेत रूचाएका छैनन् ।

 

‘यसलाई मैले मेरो राजनीतिक सक्रियताबाट आत्तिएकाहरूको मनोदशाका रूमालिएका छुँ । मेरो सपना समृद्ध नेपाल निर्माण गर्ने हो । यस अभियानमा नेपाली कांग्रेसको नेतृत्वलाई हदै सम्मको साथदिन म राजनीतिमा आएको हुँ ।’ चौधरीले भने, ‘म नेपाली कांग्रेसका होनहार कार्यकर्ताहरू बाट अनुमोदन भएर केन्द्रीय सदस्यपदमा निर्वाचित भएको हुँ । यसैगरि निर्वाचितहुने हक हरेक उम्मेदवारलाई थियो । तर, निर्वाचनमा पराजय भएपछि निर्वाचितहरूलाई लान्छित गर्नु भनेको आम कार्यकर्ताहरुको अपमानपनि हो ।’

 

केन्द्रीय सदस्यमानिर्वाचित हुनुअघि चौधरी कांग्रेस महासमिति सदस्य थिए भने उनी सांसद पनि हुन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त उद्यमी चौधरी नवलपुर जिल्लाबाट राजनीतिमा उदाएका हुन् । कांग्रेसको १४ औँ महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चुनिएपछि पार्टी भित्रउनको चर्चा चुलिएको थियो । चौधरी नेपालका एक मात्र डलर अर्बपति हुन् ।