२०७९ जेठ ३ , मंगलबार

युट्युब ट्रेन्डिङको नम्बर एकमा सज्जनराज वैद्यको ‘सस्तो मुटु’

सुनाखरी न्युज/ काठमाडौं – सज्जनराज वैद्य नेपाली गीत-संगीतमा जमिसकेको नाम हो।

 

विशेषगरी किशोर र युवा पुस्तामाझ लोकप्रिय सज्जनले आफ्ना गीतहरूबाट विशेष छाप पार्न सफल भएका छन्। सन् २०२२ को पहिलो दिनको अवसर पारेर हालै उनको नयाँ गीत ‘सस्तो मुटु’ सार्वजनिक भएको छ । यो गीत अहिले युट्युब ट्रेन्डिङको नम्बर एकमा छ । पाँच दिनमा १५ लाख बढी भ्युज कमाइसकेको ‘सस्तो मुटु’ ले अझै केही समय ट्रेन्डिङमा स्थान बनाउने देखिन्छ। यो गीतको भिडिओमा सज्जन आफैंले अभिनय गरेका छन् ।

 

नयाँ पुस्ताको बोलिचालीको भाषामा उतारिएका शब्दहरूले उनीहरूलाई निकै प्रभाव पारेको प्रतिक्रियाहरू भिडिओमा देखिन्छ। यो गीतमा सज्जनले युवा उमेरमा हुने प्रेमको अन्यौलतालाई पोखेका छन् । आठ वर्षमा डेढ दर्जन गीत दिएका सज्जन थोरै गीतबाट राम्रो चर्चा कमाउन सफल गायकमध्ये एक पर्छन्।