२०७९ मंसिर २० , मंगलबार

बैंक अफ काठमाण्डूको बिओके रेमिट बचत खाता तथा मुद्धती खाता सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो विदेशमा रहनुभएको नेपाली महानुभावलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले ग्राहक महानुभावहरुको उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके रेमिट बचत खाता तथा मुद्धती खाता सार्वजनिक गरेको छ ।

 

“श्रम विदेशमा प्रतिफल स्वदेशमा” भन्ने मुलनाराका साथ विदेशमा श्रम गरिरहनु भएका नेपाली महानुभावहरुलाई उच्चतम ब्याजदरको ब्यवस्था सहित बैंकले उक्त बचत खाता तथा मुद्घती खाता संचालनमा ल्याएको छ । विदेशमा बसि श्रम गरिरहनु भएका महानुभावहरुले उक्त बचत तथा मुद्घती खाता यस बैंकमा खोल्न सक्नुहुनेछ । यस मुद्घती खाता खोल्दा ग्राहक महानुभावहरुले ११.०५% वार्षिक ब्याजदर पाउनुहुनेछ ।

 

साथै, बिओके रेमिट बचत खातामा उच्चतम् ब्याजदरको प्रतिफल सहित मोबाईल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा ५०% को छुट तथा अन्य आर्कषक बिशेषताहरुको उपयोग गर्न सक्नुहुनेछ । बैंकले सार्वजनिक गरेको उक्त बचत खाता तथा मुद्घती खाताले विदेशमा श्रम गरि आर्जन गर्नुभएको रकमको उच्चतम् प्रतिफलका साथै सहज बैंकिङ्गको अनुभव लिन पाउनुहुने विश्वास बैंकले लिएको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।