२०७९ मंसिर २१ , बुधवार

सुन तोलामा ६०० सयले बढ्यो

सुनाखरी न्युज/ काठमाडौं – सुनको मूल्य बुधबार नेपाली बजारमा तोलामा ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलामा ६०० रुपैयाँले बढेर छापावाला सुन ९२ हजार ८०० रुपैयाँ र तेजावी सुनको ९२ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको छ ।

 

यसैगरी आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदीको भाउ प्रतितोला १ हजार २६० रुपैयाँ कायम गरिएको छ । मंगलबार सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ, तेजावी सुन ९१ हजार ७०० रुपैयाँ र चाँदी तोलाको १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेर कारोबार भएको थियो ।

 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतार चढावका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।