२०७९ मंसिर १४ , बुधवार

संघको ३३ औं कार्यकारिणी समिति सदस्य पदको निर्वाचन सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं – मंगलबार मोरंग व्यापार संघको ३३औं कार्यकारिणी समितिको सदस्य पदको निर्वाचन कार्यक्रम सम्पन्न भएको छ ।

 

निर्वाचन आयोग, मोरंग व्यापार संघले जनाए अनुसार संघको ३३औं कार्यकारिणी समितिको सदस्य पदको निर्वाचनमा उम्मेदवारहरुको नामावली उपर कुनै दावी विरोध नपरेको, कसैले उम्मेदवारी फिर्ता नलिएको तथा संघको विधान, नियमावली अनुसारको वाणिज्य तर्फ ८ जना र उद्योग तर्फ ८ जना सदस्यहरुको मात्र उम्मेदवारी दर्ता भएकाले सोही उम्मेदवारहरु संघको ३३औं कार्य समितिका लागि निर्विरोध निर्वाचित भएका छन् ।

 

निर्वाचनमा वाणिज्य तर्फका उम्मेदवारहरु  देवाशिष गोल्छा, मनिष मारु, श्याम राठी, संजय श्रेष्ठ, अनिल कुमार साह,विनित सिंघानियां, सुशिल सुराना र राजेश अग्रवाल निर्विरोध निर्वाचित हुनु भएको छ भने उद्योग तर्फका उम्मेदवारहरु नवीन रिजाल,  आशिष जाजु, दिपेश सुवेदी,  अमित सारडा, अनुपम राठी, विकास कु. बेगवानी, पवन राठी र अनिल सारडा निर्विरोध निर्वाचित हुनु भएको छ ।